Sat. May 18th, 2024

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षबाट खेलाडीलाई बधाई   

  काठमाण्डू, २०७९ चैत २ गते बिहीबार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई दिनुभएको छ । सन्देशमा उहाँले खेलाडीहरूको अथक मेहनतबाट प्राप्त ऐतिहासिक सफलताप्रति खुसी प्रकट गर्दै आगामी प्रतिस्पर्धामा पनि सफलतको शुभकामना व्यक्त गर्नुभएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको एकदिवसीय खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकप छनोटमा पुगेको छ । रासस

Facebook Comments