Fri. May 3rd, 2024

राष्ट्रपति पौडेललाई चीनको बधाई

छन सोङ्ग, नेपालका लागि चिनियाँ राजदूत

काठमाण्डू, २०७९ फागुन ३० गते मंगलबार । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Facebook Comments