कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सोमबार राष्ट्रपति कार्यालयल शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाण्डू, २०७९ फागुन २९ गते सोमबार । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
राष्ट्रपति पौडेलले शपथ ग्रहण लिनु भए लगत्तै एक समारोहकाबीच निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाड्नु भएको छ । भण्डारीलाई श्वयं राष्ट्रपति पौडेलले हार्दिकतासाथ वीदाई गर्नुभएको थियो । फोटो फिचर……………
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति भवन शितलनिवासमा पद तथा गोपनीयताको शपथपछि शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ राससनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनु भएपछि बधाई तथा शुभकामना दिनुहुँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रत्न श्रेष्ठ, राससनिर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा उपहार प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रत्न श्रेष्ठ, राससकामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सोमबार राष्ट्रपति कार्यालयल शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिरः प्रदीपराज वन्त, राससनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा बधाई तथा शुभकामना दिनुहुँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : प्रदीपराज वन्त, राससराष्ट्रपति भवन शीतलनिवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनियताको शपथपछि बिदाई हुने क्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : प्रदीपराज वन्त, राससराष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा बधाई तथा शुभकामना दिनुहुँदै पूर्व राष्ट्रपति डा रामवरण यादव र पूर्वप्रधानमन्त्रीहरु । तस्बिर : नवीन पौडेल, राससनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण पछि उपस्थित मानुभावहरुलाई अभिवादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, राससनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण पछि समारोहमा उपस्थित मानुभावहरुलाई अभिवादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस