Tue. May 7th, 2024

चीनलाई समाजवादी आधुनिक मुलुकमा रुपान्तरण गर्ने पहिलो कार्यभार : राष्ट्राध्यक्ष सी

काठमाण्डू, २०७९ फागुन २२ गते सोमबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनलाई समाजवादी आधुनिक मुलुकको रुपमा रुपान्तरण गर्ने पहिलो कार्यभार रहेको बताउनु भएको छ ।

 

चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन चीनको राजधानी पैचिङमा भव्य रुपमा सञ्चालन भैरहेको छ । जनकंग्रेसका झण्डै ३ हजार जना प्रतिनिधीहरु आगामी ५ वर्षका लागि देश र जनताको भाग्य अनि भविष्य कोर्न यत्तिवेला व्यस्त छन् । विश्व राजनीति र अर्थतन्त्रमा चीनको प्रभाव बढेसँगै चीनलाई विश्वको नम्वर एक अर्थतन्त्र बनाउने लक्ष्यका साथ जनकंग्रेसका प्रतिनिधिहरु समुहगत छलफल गरिरहेका छन् ।

 

जनप्रतिनिधीहरुका विचार सुन्ने र सरकारका काम, कारवाही साथै आगामी योजनाबारे जानकारी गराउन चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पनि व्यस्त हुनुहुन्छ । चाईना मिडिया गु्रपका अनुसार राष्ट्राध्यक्ष सी ले हिजो आइतबार च्याङ सु प्रान्तबाट पैचिङ पुगेका प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा भाग लिँदै‘उच्च गुणस्तरीय विकास भन्ने विषयमा केन्द्रित भएर विचार प्रस्तुत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार, उच्च गुणस्तरीय विकासका लागि चीनलाई सम्पूर्ण हिसावले समाजवादी आधुनिक मुलुकको रुपमा रुपान्तरण र निर्माण गर्ने पहिलो कार्यभार रहेको बताउनु भयो ।

चीनले उत्कृष्ठ वैज्ञानिक अध्ययनलाई समर्थन दिँदैजाने, प्रभावकारी प्राविधिक सिर्जना केन्द्रको स्थापना गर्ने, आधुनिक औद्योगिक प्रणालीको निर्माण गर्ने, अर्थतन्त्रको विकासमा ध्यान दिने, उच्च स्तरीय विदेशी खुलापनलाई अघि बढाउने सरकारको नीति रहेको सीले प्रष्ट पार्नुभयो ।

Facebook Comments