शेयर बजारमा गिरावट
काठमाण्डू, २०७९ फागुन १८ गते बिहीबार । बिहीबार नेप्से सूचक २६.४८ अंकले घटेर १९६९.०१ को विन्दुमा पुगेको छ । आज कूल २५६ कम्पनीको ३६ लाख ५७ हजार १ सय ५४ कित्ता शेयर १ अर्व ३३ करोड ६३ लाख ३३ हजार ९ सय ६४ रुपैयाँ ७० पैसामा खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूह सूचकहरू घटेका छन् । आज लघुवित्त समूह सार्वधिक २.६४ प्रतिशतले घटेको छ ।
बिहीबार बूद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमीटेड ले सर्वाधिक ४.२९ प्रतिशतको नाफा कमाएको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशतको घाटा बेहोरेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । आज उक्त कम्पनीले ८ करोड १२ लाख ८६ हजार ८ सय ५४ रुपैयाँ ४० पैसा बराबरको शेयर खरिदबिक्री गरेको छ
Facebook Comments