Tue. May 7th, 2024

  तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति   

तेह्रथुम, २०७९ फागुन १२ गते शुक्रबार । तेह्रथुमको आठराई गाउँपालिका-६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए ।

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ ।  रासस

Facebook Comments