Sat. May 18th, 2024

अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाई र संयुक्त राष्ट्रसंघका प्रतिनिधि बीच भेट

काबुल, २०७९ फागुन ११ गते बिहीबार । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका उपविशेष प्रतिनिधि मार्कस पोट्जेलसँग भेट गर्नुभएको छ। सो अवसरमा उहाँले देशमा दिगो शान्ति स्थापनाका लागि राष्ट्रिय वार्ताको आवश्यकतामा जोड दिनुभएको छ ।

बुधवार कारजाईको निवासमा भएको भेटमा उहाँहरूले अफगानिस्तानको वर्तमान अवस्थाका साथै छात्राहरूका लागि विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्ने बारे पनि छलफल गर्नु भएको थियो ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले राष्ट्रिय वार्ताको समय सकिएको र त्यस्तो वार्ता आवश्यक नभएको टोलो न्युजसँगको कुराकानीमा उल्लेख गर्दै राष्ट्रिय वार्ताको प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ । सिन्ह्वा

Facebook Comments