Fri. Sep 20th, 2024

आज अर्थमन्त्री खतिवडासहित १९ जना राष्ट्रियसभाबाट विदा हुँदै

काठमाडौं, २०७६ फागुण २० गते मंगलबार

राष्ट्रियसभा संसद मध्ये २ वर्षे कार्यकाल भएका १९ जनाको पदावधि मंगलबारबाट सकिँदैछ। २०७४ माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको थियो।गोलाप्रथा गर्दा २ वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिएको हो।

पदावधि सकिएका रास्ट्रियसभा सदस्यहरु

सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली

१८ पदका लागि गत माघ ९ गते निर्वाचन भइ नयाँ सदस्यहरु चयन भइसकेका छन् । राष्ट्रपतिबाट मनोनित भएका डा. युवराज खतिवडा पछिको रिक्त स्थानका लागि भने कोही चयन भएको छैन्।

नेपालको संविधानअनुसार व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभा स्थायी सदन हो। राष्ट्रियसभामा ७ प्रदेशबाट  ८ जनाका दरले ५६ जना निर्वाचित हुने प्रावधान छ। ३ जना राष्ट्रपतिबाट मनोनित भएका गरी ५९ जना सदस्य रहने व्यवस्था छ। राष्ट्रियसभा सदस्यका लागि गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्छन्।

राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको हुने र एक तिहाइ सदस्यको कार्यकाल २-2 वर्षमा सकिन्छ। कार्यकाल सकिएका सदस्य जहाँबाट जसरी चयन भएको थियो सोही विधिबाट पदपूर्ति गरिने संवैधानिक व्यवस्था छ। पहिलो पटक २, ४ र ६ वर्षे कार्यकालका लागि गोलाप्रथा गरिएपनि अब चयन भएका राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षकै हुनेछ । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments