Wed. Jul 8th, 2026

नेटो पहिले भन्दा झन् बलियोः राष्ट्रपति बाइडेन   

       

वार्सा, २०७९ फागुन ९ गते मंगलबार । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्कनु भएका राष्ट्रपति बाइडेनले “नेटो पहिले भन्दा झन् बलियो,” भनेको टिप्पणी गर्नु भएको हो ।

बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राख्नु भएको हो । सो कुराकानीको विस्तृत समाचार पर्खाइमा छ । रासस-ए.एफ.पी

Facebook Comments