Sat. May 18th, 2024

शेयर बजारमा गिरावट

काठमाण्डू, २०७९ फागुन ४ गते बिहीबार । बिहीबार नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंकले घटेको  छ । आज कूल २५७ कम्पनीको ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता शेयर १ अर्व ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ ४५ पैसामा खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूह सूचकहरू घटेका छन् । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९३ प्रतिशतले घटेको छ । आज सानीमा लार्ज क्याप फण्ड ७.६५ प्रतिशतले बढेको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयर सर्वाधिक ५.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । आज उक्त कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५ सय ४९ रुपैयाँ २० पैसा बराबरको शेयर खरिदबिक्री गरेको छ

Facebook Comments