Sun. May 5th, 2024

पूर्वी चीनको एउटा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु, २८ जना घाइते

नान्चिङ, चीन, २०७९ फागुन ४ गते बिहीबार । पूर्वी चीनको च्याङ्सु प्रान्तमा आज बिहान एउटा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुचौं शहरको स्याङचेङ जिल्लाको पैताङ बजारमा बिहान ६ः०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस, सिन्ह्वा

Facebook Comments