Mon. Apr 29th, 2024

ग्यासको सिलिण्डर पड्किँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते

काठमाण्डू, २०७९ फागुन ४ गते बिहीबार । खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा प्रतिनिधि सभाका सांसद डाक्टर चन्द्र भण्डारी घाइते हुनुभएको छ ।

गएराति काठमाण्डू बुद्धनगरस्थित आफ्नै घरमा ग्यासको सिलिण्डर पड्किँदा सांसद डाक्टर भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएको डा. भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभएको छ ।

घाइते दुवै जनाको काठमाण्डूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार भण्डारीको झण्डै २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीर जलेको छ ।

सचिव भुवन भुसालका अनुसार अहिले सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको आईसियुमा चेकजाँच र उपचार भैरहेको छ ।

स्पष्ट वक्ता तथा नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

Facebook Comments