Sat. Dec 28th, 2024

उप-सहायक विदेशमन्त्री अख्तर र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता   

काठमाण्डू, २०७९ फागुन २ गते मंगलबार । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप-सहायक विदेशमन्त्री अफ्रिन अख्तर र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल-अमेरिका सहकार्य र आपसी हितका अन्य विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उप-सहायक विदेशमन्त्री अख्तर सोमबार नेपाल भ्रमणमा आउनुभएको हो ।

यसैगरी उप-सहायक विदेशमन्त्री अख्तरले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उहाँले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुने बताइएको छ ।

यसैगरी उप-सहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नुहुनेछ ।
–––

Facebook Comments