Thu. Nov 14th, 2024

लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस

लीलामणि पौड्याल-फाईल फोटो

काठमाडौं, २०७६ फागुण १८ गते आईतबार

 सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । ‘उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो’ एक मन्त्रीले भने ।

सरकारले पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा उहाँ मन्त्रीस्तरको कूटनीतिक दर्जा पाएर राजदुत नियुक्त हुनु भएको थियो ।

नयाँ राजदूतमा पाण्डे सिफारिस

आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गर्नुभएको थियो । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाउनु भएको थियो ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी-कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो । अनलाईन खवरबाट

Facebook Comments