Sun. Jun 2nd, 2024

प्रम प्रचण्ड र युएसएआईडी प्रशासक पावर भेटवार्ता   

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावर । तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाण्डू, २०७९ माघ २५ गते बुधबार । नेपालको दुई दिने भ्रमणमा रहनु भएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(युएसएआईडी) का प्रशासक सामन्था पावर ले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रम प्रचण्ड र युएसएआईडी प्रशासक बीच भेटवार्ता
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरलगायत । तस्बिरः प्रदीपराज वन्त / रासस

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा आज भएको सो भेटमा आपसी हितका विविध विषयमा कुराकानी भएको छ । दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएकी सामन्था आजै साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Facebook Comments