Sat. Apr 27th, 2024

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्नुहुँदै पार्टीका अध्यक्ष रवि लामिछाने । तस्बिरः हारिराम भेटुवाल / रासस

काठमाण्डू, २०७९ माघ २२ गते आईतबार । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको भख्खरै सम्पन्न संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सो जानकारी दिनुभएको हो ।

बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उहाँ पदमुक्त हुनुभएको थियो ।

https://www.facebook.com/Rastriyaswatantraparty/videos/2470724979749425

Facebook Comments