Sat. Apr 27th, 2024

चीनमा लालटिन महोत्सवको स्वागत गर्न रङ्गीचङ्गी बत्ति

काठमाण्डू, २०७९ माघ २२ गते आईतबार । चिनियाँ जनताको सबैभन्दा ठूलो वसन्त चाडको अन्तिम दिन आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी लालटिन महोत्सव मनाईदैछ ।

चिनियाँ नयाँ वर्ष वसन्त चाडलाई एक वर्षका लागि विदा गर्नुभन्दा पहिले आजका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने परम्परा रहँदै आएको छ । चिनियाँ पात्रोअनुसार नव वर्षको पन्ध्रौं दिन आज परम्परागत लालटिन महोत्सव हो। चिनियाँ समाजमा रङ्गीचङ्गी बत्तिको अवलोकन लालटिन महोत्सवको परम्परागत रीतिरिवाज हो।

आज चीनका सम्पूर्ण शहर अनि गाउँबस्तीका सडक पेटी, चोक, रंगशाला, घर र कार्यालयहरु रङ्गीचङ्गी वत्तिहरुले झकिझकाउ पारिएको छ । लालटिन महोत्सवलाई अझ भव्यता दिन मानिसहरु विहान सबेरैदेखि विभिन्न किसिमका परम्परागत र आधुनिक बत्तिहरु बाल्ने तयारीका लागि व्यस्त देखिएको चाईना मिडिया ग्रुपले जानकारी दिएको छ ।

आज साँझ गरिने भव्य दिपावली हेर्न मानिसहरु राम्रा राम्रा पोशाकमा सजिएर सडक, चोक लगायतका सार्वजनिक स्थलहरुमा भेला हुने गर्दछन् ।

Facebook Comments