Mon. May 6th, 2024

प्रधानमन्त्रीद्वारा अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन   

अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन गर्न जानुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाण्डु, २०७९ माघ १८ गते बधुबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

आज अपराह्न नारायणहिटीमा रहेको श्री अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा उहाँले नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाको अवलोकन गर्नुभएको थियो । रासस

Facebook Comments