Tue. Apr 30th, 2024

अध्यक्ष ओलीसँग राजदूतको भेट   

काठमाण्डु, २०७९ माघ १८ गते बधुबार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । रासस

Facebook Comments