Thu. Apr 25th, 2024

न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग   

काठमाण्डौं, २०७९ माघ ११ गते बुधबार । सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ ।

सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँच जना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिनुभयो । बारले कामु प्रधानन्यायाधीश कार्कीलाई पत्र पठाई यथाशीघ्र रिक्त न्यायाधीशको पद पूर्ति गर्न माग गरेको हो ।

Facebook Comments