Fri. Apr 26th, 2024

वेस्ट ह्याम र एस्टोन भिल्ला विजयी

लन्डन, २०७९ माघ ८ गते आईतबार । इंग्लिस प्रिमियर लिग फुटबलमा गए राति सम्पन खेलमा वेस्ट ह्याम विजयी भएको छ । वेस्ट ह्यामले आफ्नो घरेलु मैदान लन्डन स्टेडियममा एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामको जितमा जारोड बोवेन नायक बन्नु भयो । बोवेनले खेलको पहिलो हापमै दुई गोल गरेपछि वेस्ट ह्यामले एभर्टनविरुद्ध सहज जित निकालेको हो ।

बोवेनले खेलको ३४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउनु भयो त्यसको ७ मिनेट पछि बोवेनले ब्याक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर गर्नु भयो । त्यसपछिको समयमा दुबै टिमले गोल गर्न नसक्दा वेस्ट ह्यामले सहज जित सुनिश्चित गर्यो ।

जितसँगै वेस्ट ह्यामले २० खेलमा १८ अंक जोडेको छ । वेस्ट ह्याम तालिकाको १५ औं स्थानमा छ । पराजित एभर्टनको १५ अंक रहेको छ । लिगको पुछारबाट दोस्रो स्थानमा रहेको एभर्टन रेलिगेसन जोनमा रहेको छ । यस्तै प्रिमियर लिगमै गए राति सम्मपन्न खेलमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ । भने लिभरपुल र चेल्सी, क्रिस्टल प्यालेस र न्युक्यासलले गोल रहित बराबरी खेल्दै अंक बाढेका छन् । लेस्टर सीटी र ब्राइटनले २-२ गोलको बराबरी खेल्दा नवप्रवेसी बोर्नेमाउथ र नटिंघम फरेस्टले १-१ गोलको बराबरी खेलेका छन् । एजेन्सी

Facebook Comments