Sat. Apr 27th, 2024

वसन्त चाडको उपलक्ष्यमा चीनका राष्ट्रराध्यक्ष सी चिनफिङद्वारा शुभकामना

काठमाण्डौं, २०७९ माघ ६ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १८ तारिख बिहान जन बृहत् सभा भवनबाट भिडियोमार्फत् चीनका है लौङ च्याङ प्रान्त, फुच्यान प्रान्त, सिनच्याङ प्रान्त, हनान प्रान्त, स छ्वान प्रान्त र पैचिङ आदि ठाउँका सर्वसाधारण चिनियाँहरूलाई वसन्त चाडको शुभकामना दिनुभएको छ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट महामारीको प्रतिरोध गर्दै अग्रपङ्क्तिमा रहेका डाक्टर र नर्सहरू, सामाजिक कल्याणकारी प्रतिष्ठानका वृद्धवृद्धाहरू, ऊर्जा स्रोत आपूर्ति व्यवसायका कर्मचारीहरू, उच्च रेल स्टेशनका कर्मचारीहरू, कृषि उत्पादन बजारका व्यापारीहरू र ग्रामीण क्षेत्रका गाउँलेहरूलाई भिडियोबाट हाल खबर सोध्नुहुँदै वसन्त चाडको शुभकामना दिनुभएको चाईना मिडिया ग्रुपले जनाएको छ ।

Facebook Comments