Wed. May 8th, 2024

यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द   

काठमाण्डौं, २०७९ माघ १ गते आईतबार । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । कूल ६८ यात्रु र चालक दलका ४ जना सदस्य रहेको यती एयरलाइन्सको 9N-ANC ATR- 72 विमान आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

Facebook Comments