Sun. May 5th, 2024

प्रदेश प्रमुख खापुङ्गद्वारा तीन जनालाई मन्त्री पदमा सपथ ग्रहण

- भिडियो समेत

विराटनगर, २०७९ पुस २९ गते शुक्रबार । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ३ जनालाई प्रदेशको मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाई, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजन पछि तोकिने गरि मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।
उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ वमोजिम प्रदेश मन्त्रिपरिषद विस्तारका लागि सिफारिश भए अनुसार सपथ ग्रहण गरिएको हो ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेश सभाका सभामुख बाबुराम गौतम, प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो । रासस

 

Facebook Comments