Thu. May 2nd, 2024

प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण   

मोरङ, २०७९ पुस २८ गते बिहीबार । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराउनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँले प्रदेशसभाबाट निर्वाचित सभामुख गौतमलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८ बमोजिम शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी लगायतको उपस्थिति थियो । सभामुख गौतमले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गर्नुभयो ।

Facebook Comments