Fri. Apr 25th, 2025 11:26:44

“राष्ट्रपतिको ध्यानाकर्षण गर्न ग्रेटर नेपालको नक्सा राखेको”

काठमाण्डौं, २०७९ पुस २८ गते बिहीबार । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस (पुस २७ गते) का अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सिंहदरबारको पश्चिमतर्फको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपालको नक्सा राखेको छ ।

पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपतिले पुष्पगुच्छा अर्पण गर्ने औपचारिक कार्यक्रमलाई लक्ष्यित गर्दै मोर्चाले ग्रेटर नेपालको नक्सा राखेको जनाएको छ । मोर्चाले विगत डेढ दशकदेखि पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा राख्दै आएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बताउनु भएको छ । मोर्चाका अध्यक्ष नेपालले विगत केही वर्षदेखि राष्ट्रपति लगातार पृथ्वी जयन्तीका दिन पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्न आइरहनु भएकाले ग्रेटर नेपालप्रति राष्ट्रप्रमुखको ध्यानाकर्षण होला भनेर पनि त्यहाँ ग्रेटर नेपालको नक्सा राखिएको हो ।

Facebook Comments