Sun. May 19th, 2024

पश्चिमी वायुको प्रभावले मधेशमा चिसो बढ्यो, जनजीवन प्रभावित

जनकपुरधाम, पुस २०७९ पुस २३ गते शनिबार । विगत केही दिनदेखि मधेश प्रदेशका जिल्लामा घाम नलाग्नुका साथै पश्चिम दिशाबाट चलेको चिसो हावाका कारण जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।

मधेश प्रदेशमा चार, पाँच दिनदेखि घाम नलागेपछि जनजीवन कष्टकर बनेको छ । उता चिसो बढेपछि गरिब तथा विपन्न व्यक्तिहरू मारमा परेका छन् ।

चिसोका कारण अपाङ्ग, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् । चिसोका कारण प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।

मधेश प्रदेशमा चिसोका कारण हालसम्म १ दर्जन व्यक्तिको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।

चिसोका कारण बिहान बेलुका बजारको चहलपहल व्यापक मात्रामा कम भएको छ । शनिबार जनकपुरधामको न्यूनतम तापक्रम ८ डिग्री तथा अधिकतम १९ डिग्री सेल्सियस रहेको छ ।

Facebook Comments