Thu. Apr 24th, 2025 02:47:22

फाङ छाङ अस्पताल अर्थात् शिविर अस्पतालमा नृत्य प्रतियोगिता

काठमाडौं, २०७६ फागुण ३ गते शनिबार

उ हान फाङ छाङ अस्पताल अर्थात् शिविर अस्पतालले मुख्यत: एनसीपी लागेका त्यति गम्भीर अवस्था नभोगेका बिरामीहरूलाई भर्ना गराएको छ। हालसम्म ९ वटा फाङ छाङ अस्पताल सञ्चालनमा आएको छ भने जम्मा ५ हजार ६ सय ६ जना बिरामीहरू ती फाङ छाङ अस्पतालमा उपचाररत छन्।

ती बिरामीहरूले फाङ छाङ अस्पतालमा बस्दा कसरत गर्ने र नृत्य रहिरहेका छन्। त्यो उनीहरूको दैनिक कार्यक्रम हो। फाङ छाङ अस्पतालका नृत्य प्रतियोगितामा संलग्न हुने विरामीहरूको संख्या बढ्दै गएपछि चिकित्साकर्मीहरूका लागि कसरत गर्ने ठाउँको अभाव भएको छ।

बिगत तीन दिन यता अस्पतालबाट निको भएर डिस्चार्ज भएका व्यक्तिहरू झन् झन् बढ्दै आएको देखिन्छ। फाङ छाङ अस्पतालमा सुन्न पाइने रमाइलो नाचगान आवाजबाट मानिसहरूको सकारात्मक भावना देखाइनुका साथै रोगलाई जित्ने उनीहरूको दृढ विश्वास पनि अभिव्यक्त गरिएको छ। सीआरआई नेपाली विभागबाट

Facebook Comments