Sat. May 4th, 2024

कांग्रेसको मुख्य सचेतकमा लेखक

काठमाण्डौं, २०७९ पुस १९ गते मंगलबार । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । रासस

Facebook Comments