Sun. Apr 28th, 2024

गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुबिच बैठक सम्पन्न

काठमाण्डौं, २०७९ पुस १८ गते सोमबार । गृहमन्त्री रबि लामिछाने र जिल्ला सुरक्षा निकायका प्रमुखहरुबिचको बैठक आज सम्पन्न भएको छ ।

भर्चुअल रुपमा सुरु भएको बैठकमा जिल्ला सुरक्षा समितिका सबै प्रतिनिधिहरु सहभागी भएका गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा शान्ति, सुरक्षा र सेवा प्रवाहका बारेमा गृहमन्त्रीले निर्देशन दिनुभएको थियो ।लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेकै दिन गृहप्रशासनको सुधार र विधिगत नीति कार्यान्वयन गर्ने कुराको प्रतिबद्धता दिनुभएको थियो ।

मुख्यतः आजको बैठक मुलुकको शान्ति व्यवस्था कायम गर्ने, गृहप्रशासनको कार्य छिटो र छरितो बनाउने कुरामा केन्द्रित रहेको बताइएको छ । रासस

Facebook Comments