Thu. May 9th, 2024

सरकारी वकिललाई थप बलियो बनाउने प्रयास गर्नेछु: महान्यायाधिवक्ता पोखरेल   

काठमाण्डौं, २०७९ पुस १५ गते शुक्रबार । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ । बुधबार राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताउनुभयो ।

“मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु”, उहाँले भन्नुभयो, “संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।” उहाँले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्नेसमेत बताउनुभयो ।उहाँले एउटा व्यक्तिले मात्र सुधारका कार्य सम्भव नभएको हुनाले सामूहिक काममा आफूले विश्वास गर्ने भन्दै यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Facebook Comments