Sat. May 4th, 2024

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

काठमाण्डौं, २०७९ पुस १४ गते बिहीबार । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई बुधबार नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।

पोखरेल प्युठान जिल्लाको झिमरूक गाउँपालिका वडा नं. ४ का स्थायी बासिन्दा हुनुहुन्छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

Facebook Comments