Sun. Dec 22nd, 2024

नेपाल पर्यटन विकास व्यवसायी संघको चौथो साधारण सभा सम्पन्न

काठमाण्डौं, २०७९ पुस १२ गते मंगलबार । नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) को चौथो साधारण सभा काठमाण्डौंको ठमेलस्थित होटल आर्टसमा सम्पन्न भएको छ ।

डा.राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

सभ्य अनि भव्य रुपमा सम्पन्न सो साधारण सभाले निर्वाचित कार्यसमिति सदस्यहरु मध्येबाट अध्यक्षमा निराजन तिवारी, उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती र कोषाध्यक्षमा भारत प्रसाद तिमिल्सिनालाई चयन गरेको छ । साथै सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ चयन हुनुभएको छ ।

संस्थाका अध्यक्ष निराजन तिवारीका अनुसार प्राध्यापक डाक्टर सोम प्रसाद खतिवडालाई मानार्थ सल्लाहकारमा मनोनित गरिएको छ ।

Facebook Comments