Mon. Dec 23rd, 2024

सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान

काठमाण्डौं, २०७९ पुस १२ गते मंगलबार ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।

यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ । रासस

Facebook Comments