Sun. May 5th, 2024

नयाँ सरकार गठनसँगै रसुवागढी नाका खुल्यो

भिओेके समाचार/काठमाण्डौं, २०७९ पुस १२ गते मंगलबार । नयाँ सरकार गठन भएसँगै चीनले नेपाली वस्तु निर्यातका लागि रसुवागढी नाका खुल्ला गरेको छ । कोरोना महामारी सुरु भएदेखि बन्द रहेको चीनतर्फको निर्यात व्यापार आजदेखि सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले भ्वाईस अफ काठमाण्डौंलाई जानकारी दिनुभयो ।

प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार आज नेपालबाट बाँसका मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएका छन् । ती सामानहरुको मूल्य ५० लाख ७० हजार बराबर रहेको छ । निर्यात गरिएका सामानहरुको जाँचपास ३/४ दिन पहिले गरिएको पनि भण्डारीले जानकारी दिनुभयो ।

महामारीको रुपमा कोरोना संक्रमण फैलिएको झण्डै ३१ महिनापछि रसुवा भन्सारबाट चीनतर्फको निर्यात खुलेको हो ।

Facebook Comments