Sat. May 4th, 2024

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई शपथ   

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई सभामुखको रूपमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागिता हुनुहुन्थ्यो । तस्बिरःरत्न श्रेष्ठ, रासस

काठमाण्डौं, २०७९ पुस ६ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई सभामुखको रूपमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागिता हुनुहुन्थ्यो । तस्बिरःरत्न श्रेष्ठ,रासस

 सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुनुहुन्छ । नागरिकताको प्रमाणपत्र अनुसार, उहाँको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको नाताले सभामुखको हैसियतमा पद तथा गोपनीयताको शपथ लिएपछि शपथ पत्रमा हस्ताक्षर गर्दै राप्रपाका नेता पशुपति शम्शेर जबरा । तस्बिर रत्न

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ दिलाउने व्यवस्था छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Facebook Comments