Tue. May 21st, 2024

जिडब्लुएमको ओभरसीज सम्मेलन सम्पन्न

काठमाण्डौं, २०७९ पुस १ गते शुक्रबार । जिडब्लुएम (ग्रेट वाल मोटर) २०२२ ओभरसीज सम्मेलन सम्पन्न भएको छ । “वन जिडब्लुएम – लाईट द वल्र्ड“ नमा दिइएको उक्त सम्मेलन डिसेम्बर २ तारिखमा थाइल्याण्डको बैंककमा आयोजना गरिएको थियो ।

सम्मेलनले आफ्नो ब्रान्डको रणनीति विश्वव्यापी ब्रान्ड सिर्जना गर्ने र उत्पादन संरचना निमार्ण गर्ने बताएको थियो । कार्यक्रममा नेपालको जिडब्लुएम, सेन र अस्ट्रेलिया लगायत ५० भन्दा बढी राष्ट्र र क्षेत्रका २ सय भन्दा बढी वितरकहरूको सहभागिता रहेको थियो ।

जिडब्लुएमका अध्यक्ष म्यु फेङ्गले विश्वव्यापी साझेदारहरूलाई नयाँ ब्रान्डको रणनीति वन जिडब्लुएमको बारेमा प्रकाश पार्दै ब्रान्डले यस अवधारणा अनुसार सामुहिक प्रणालीहरू र विश्वव्यापी ठूलो एकल उत्पादन विकास गर्ने स्पस्ट पार्नु भयो ।

बारम्बार महामारीको प्रकोप र चिप अभावको बावजुद, जिडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार वृद्धि गर्न जारी राखेको छ । जिडब्लुएमले अक्टोबर २०२२ मा मात्र अन्तर्रािष्ट्रिय बजारमा कुल २० हजार थान सवारी बिक्री गरेको छ । यस्तै जनवरी देखि अक्टोबर सम्म जिडब्लुएमको संचयी बिक्री १८.६% को वार्षिक वृद्धि दर सहित १ लाख ३० हजार थान नाघेको छ ।

कार्यक्रममा बोल्दै जिडब्लुएम थाइल्याण्डका प्रतिनिधिले शाखाको सफल सञ्चालनको स्थानीय अनुभव साझा गर्नु भयो । “उपभोक्ताहरूको गाडी–खरीद प्रक्रियालाई सुव्यवस्थित गर्न एक विशेष परिचालन मोडेल प्रयोग गरेका छौ । जसले अनलाइन देखि अफलाइनका सोधपुछ र ओन–साइट अनुभव साथै डोर–टु–डोर सेवाको संयोजित मूल्यांकन गर्छ । शाखाको यो नयाँ पर्यावरणीय मार्गले जिडब्लुएमको अन्तर्राष्ट्रिय विस्तारक्रमको सफल सञ्चालनको उदाहरण बनेको छ”, उहाँले भन्नु भयो ।

जिडब्लुएमले पहिले नै विश्वभर धेरै नव ऊजा प्रेरित उत्पादनहरू बजारमा ल्याइसकेको छ, तसर्थ स्मार्ट र नयाँ ऊर्जा संचालित गाडीहरूमा आफ्नो बलियो नेतृत्व प्रदर्शन गर्दै आफ्नो विश्वव्यापी पहुँचलाई सुदृढ गरेको छ ।

Facebook Comments