Sun. May 19th, 2024

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

जनकपुरधाम, २०७९ मंसिर २२ गते बिहीबार । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

विसं २०७४ को निर्वाचनमा धनुषा-३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही-२ बाट चुनाव लड्नुभएको थियो तर धनुषा-३ मा झा र सर्लाही-२ मा महतो दुवैजना पराजित हुनभयो ।

नेता झालाई एमालेकी जुली महतोले पराजित गर्नुभएको हो भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गर्र्नुभयो । धनुषा-३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उहाँलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिनुभयो । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उहाँले बताउनुभयो । रासस

Facebook Comments