Mon. Apr 29th, 2024

हुम्लामा तारा एयरको कार्गो विमानमा चील ठोक्कियो

भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर २१ गते बुधबार । नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको तारा एयरको विमानसँग चील ठोक्किएर अगाडिको भागमा क्षति पुगेको छ । विमानमा दुईजना पाइलट र एक जना एयर होस्टेस रहेकामा उनीहरू सुरक्षित रहेका छन्।

बुधबार दिउँसो जहाजमा चील ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिनुभएको छ । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२स्४५ बजे उडेको जानकारी उहाँले दिनुभएको छ । विमानस्थल पुग्नु ४(५ मिनेट अगाडि विमानसँग चील ठोक्किएको थियो ।

Facebook Comments