Mon. Dec 23rd, 2024

३.५१ अङ्कले घट्यो शेयर बजार

भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर १४ गते बुधबार । बुधबार नेप्से परिसूचक ३.५१ अङ्कले घटेर १९४९.८५ को विन्दुमा पुगेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.२२, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ र फ्लोट इण्डेक्स ०.०१ अङ्कले घटेको छ । आज कूल २३८ कम्पनीको २३ लाख ५५  हजार ८४५ कित्ता शेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ ९९ पैसामा खरिदबिक्री भएको छ ।

आज २ वटा सूचक बढेका छन् भने ११ वटा सूचक घटेका छन् । आज लघुवित्त समूह ०.०१, लगानी समूह ०.८८ प्रतिशतले बढेका छन् । आज ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युतको ३.३१ प्रतिशत र बुद्धभूमि हाइड्रोपावरको २.८४ प्रतिशतले बढेको छ ।

आज बैंकिङ समूह ०.०२, विकास बैंक समूह ०.५४, फाइनान्स समूह १.०९, होटेल तथा पर्यटन समूह ०.०५, जलविद्युत समूह ०.११, लगानी समूह ०.४०, जीवन बीमा समूह ०.१९,  उत्पादन तथा प्रशोधन समूह ०.३५, म्युचुअल फण्ड ०.९१, निर्जीवन बीमा समूह ०.१० र अन्य ०.६६ प्रतिशतले घटेका छन् । यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४० प्रतिशतले घटेको छ भने गुहेश्वरी फाइनान्सको ३.२७, युनाइटेड इन्स्योरेन्स २.९४ र युनाइटेड मोदीको २.८९ प्रतिशतले घटेका छन् ।

बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड १४ लाख, नेश्डो लघुवित्तको ३ करोड ८२ लाख र शिवम् सिमेन्टको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

चुनावपछि बजार बढ्ने अपेक्षा गरिए पनि सोअनुसार बजार बढ्न सकेको छैन । मौद्रिक नीतिको समीक्षामा ब्याजदर नबढ्ने व्यवस्था गर्ने भनिए पनि त्यसले समेत बजारमा खासै प्रभाव पार्न सकेको छैन । यद्यपि बजारमा बिक्री चाप कम हुँदा नेप्से सूचकमा ठूलो गिरावट भने देखिएको छैन ।

Facebook Comments