Sat. May 18th, 2024

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

फोटो : सामाजिक सञ्जाल फेसबुक

काठमाण्डौं, २०७९ मंसिर ८ गते बिहीबार । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेदवार रहनु भएका नेपाल ६ हजार ६ सय मतान्तरले निर्वाचित हुनुभएको हो । नेता नेपाल ३३ हजार ५ सय ५२ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । नेपालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मदेवार अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

Facebook Comments