Mon. Dec 23rd, 2024

जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर ९ गते शुुक्रबार । नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर निर्वाचित हुनुभएको हो ।

शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गर्नुभएको छ । शर्माले २६ हजार ५ सय ८८ मतान्तरमा चुनाव जित्नु भएको हो ।

Facebook Comments