Sat. Apr 27th, 2024

थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासीबस्ती तनावग्रस्त

थापाथलीको बागमती नदी किनारास्थित सुकुम्बासी बस्ती । अवैध ढंगले निर्माण गरिएका संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेकोमा तोकिएको समयावधीभित्र संरचना नहटाएपछि सोमबार संरचना खाली गर्न गएको टोली र सुकुम्बासीबिच झडप भएको थियो । तस्बिर : रोशन सापकोटा,रासस

काठमाण्डौं, २०७९ मंसिर १२ गते सोमबार । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो ।  वैकल्पिक व्यवस्था नगरिकन उनीहरूलाई हटाउन थालेपछि उनीहरूले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

Facebook Comments