Tue. May 14th, 2024

अशोक राई सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्य विजयी

काठमाण्डौं, २०७९ मंसिर १२ गते सोमबार । सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई निर्वाचित हुनुभएको छ । उहाँ १७ हजार ५९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ । यसैगरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comments