Sun. May 5th, 2024

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

भक्तपुर, २०७९ मंसिर ११ गते आईतबार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो । बधाई आदानप्रदानसँगै उहाँहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । बालकोट श्रोतका अनुसार काठमाण्डौं निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा हालै निर्वाचित हुनुभएका सिंहले ओलीसँग प्रधानमन्त्री पदमा सहयोग गर्नु आग्रह गर्नुभएको बुझिएको छ । निर्वाचनको अन्तिम परिणाम आएपछि मात्र यस भावि रणनीतिबारे विचार गर्न सकिने ओलीले बताउनु भएको श्रोतले जनाएको छ ।

ओलीलाई प्रतिगमनको मतियार भएको आरोप लगाउने नेपाली कांग्रेस पार्टीका उपल्लो तहका नेता सिंह र ओलीको भेटलाई राजनीतिक वृतमा महत्वका साथ हेरिएको छ ।

काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई भावि प्रधानमन्त्रीको रुपमा स्थापित गर्न पार्टीका युवा नेताहरु लागेको हुनाले पनि ओलीको साथ खोज्न सिंह बालकोट पुग्नु भएको बुझिएको छ । ओलीलाई प्रतिगमनको मतियार भएको आरोप लगाउने नेपाली कांग्रेस पार्टीका उपल्लो तहका नेता सिंह र ओलीको भेटलाई राजनीतिक वृतमा महत्वका साथ हेरिएको छ ।

Facebook Comments