Sat. May 4th, 2024

मोरङ-१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु प्रतिनिधि सभा सदस्य निर्वाचित 

 उर्लाबारी, २०७९ मंसिर १० गते शनिबार । मोरङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्वु निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार लिम्बुले २७ हजार २९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी हुनुभएको छ । उहाँले १३ हजार ५३१ मत प्राप्त गर्नुभयो भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कुशल साम्वाले १० हजार ४ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले १४ हजार ५३९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नुभयो ।

Facebook Comments