Sat. May 18th, 2024

डा. शेखर कोइराला मोरङ ६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

भिओके समाचार, मोरङ, २०७९ मंसिर ९ गते शुक्रबार । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला मोरङ निर्वाचन क्षेत्र नम्वर ६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । कोइराला ३५ हजार २ सय २४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९ सय ४६ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comments