Mon. Dec 23rd, 2024

प्रहरीको भेषमा सुनको गहना बनाउने कारखाना डकैत गरेको आरोपमा पाँच जना पक्राउ

काठमाण्डौं, २०७९ मंसिर ९ गते शुक्रबार । प्रहरीको नाम लिएर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौं, महानगरपालिका-१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो ।

दुई जना भारतीय नागरिकले सञ्चालन गरेको गरगहना बनाउने कारखानामा कात्तिक २९ गते डाँका मारिएको थियो । उक्त घटनामा पक्राउ पर्नेहरू तीन जना धादिङ र दुई जना धनकुटाका छन् ।

२६ वर्षीय सुमन राई, २८ वर्षीय देविराज राई, ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीया मनिला तामाङ छन्। उनीहरूले प्रहरीको पोशाक लगाएर उक्त कारखानामा पुगेका थिए।

आफूहरू हनुमानढोका प्रहरी कार्यालयबाट आएका हौं भनेर बिल नभएको बताउँदै विभिन्न गरगगहना लुटेर भागेके थिए । डाँका मारी फरार भएको भन्ने खबर पाएपछि परिसर र प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो ।  उक्त टोलीले एउटा पेस्तोल, म्याग्जिन, चार राउन्ड गोली, २६ ग्राम सुन, मोटरसाइकल दुई वटा, प्रहरी पोशाक र लागु औषध बरामद गरेको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments