रवि लामिछाने ३४ हजार २ सय ८१ मतको अग्रतामा प्रतिनिधि सभा सदस्य निर्वाचित
भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर ८ गते बिहीबार। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।
लामिछाने ४९ हजार २ सय ६४ मत प्राप्त गरी निर्वाचित हुनुुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
Facebook Comments