Sat. May 4th, 2024

गुल्मी २ बाट एमालेका गोकर्ण विष्ट निर्वाचित

भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर ७ गते बुधबार । गुल्मी क्षेत्र नम्बर २बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित हुनुभएको छ ।

बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद हुनुभएको छ । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाक्रीले २६ हजार ४४२ मत पाउनुभएको छ ।

बिष्टले २०३४ मतको अग्रता सहित जित हात पार्नुभएको छ । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।विष्टले २७० र २०७४ को चुनाव पनि जित्नुभएको छ । यो जितसँगै उहाँले संसदीय चुनावमा ह्याट्रिक पुरा गर्नुभएको छ ।

Facebook Comments